कार विस्फोटमा पत्रकारको मृत्यु
एडेन । यमनको दक्षिणी बन्दरगाह सहर एडेनमा बुधबार एक स्थानीय यमनी पत्रकारको गाडी विस्फोटमा परी मृत्यु भएको एक सरकारी अधिकारीले सिन्ह्वालाई बताएका छन् ।
साबेर नोमान अल-हैदरी नामक स्थानीय पत्रकार बोकेको गाडीमा जडान गरिएको इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) ले एडेनको मन्सौरा जिल्लामा ठूलो विस्फोट गराएको स्थानीय सरकारी स्रोतले नाम नछाप्ने सर्तमा बताएका छन् ।
राति भएको विष्फोटमा पत्रकारको ज्यान गएको र धेरै यात्रुहरू घाइते भएका छन् । पत्रकार जापानी समाचार आउटलेटका लागि काम गर्थे, उनलाई किन निशाना बनाइएको थियो भन्ने तुरुन्तै स्पष्ट नभएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
हालसम्म कुनै समूहले विस्फोटको जिम्मेवारी लिएको छैन । तर युद्धग्रस्त अरब देशमा यस्तै घटनाहरूमा धेरै यमनी पत्रकार मारिएका छन् ।
यमन सन् २०१४ को उत्तरार्धदेखि गृहयुद्धमा फसेको छ ।
हुथी मिलिसियाले धेरै उत्तरी प्रान्तहरू कब्जा गरे र साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकालिएका थिए ।
स्थानीय अधिकारीहरूले एडेनमा सुरक्षा र स्थिरता कायम गर्न प्रयास गरिरहेका छन् । यद्यपि, रणनीतिक यमन बन्दरगाह सहरमा छिटपुट बम विस्फोटका घटनाहरू र गोलीबारी आक्रमणहरू अझै पनि हुने गरेको पाइन्छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया