युक्रेन संकटले पूर्वी अफ्रिकामा खाद्य संकट
किएभ । हालैका दिनहरुमा युक्रेनमा जारी रहेको संकटका कारण विशेष गरी पूर्वी अफ्रिकी क्षेत्रमा खाद्यान्न संकट पर्न सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले मंगलबार सो चेतावनी दिएको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले युक्रेनमा जारी रहेको संकटका कारण यहाँ खाद्यान्न आपूर्तिमा अवरोध पुग्ने गरेको छ ।
खाद्यान्न आपूर्तिमा भएको असहजता, बजारको अनिश्चितता र अत्यावश्यक वस्तुहरुको आपूर्तिमा समेत अवरोध पुग्दा यस्तो अवस्था आउने सो कार्यक्रमले जनाएको समाचारमा उल्लेख गरिएको छ ।
महिनौं यतादेखि युक्रेन हुँदै यहाँ आपूर्ति हुने गरेको खाद्यान्नमा कमी आइसकेको, संकटका लागि खाद्यान्न भण्डारण गर्ने अवस्था पनि नरहेको सो कार्यक्रमले मंगलबार जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले गरेको एक अध्ययनमा अत्यावश्यक सामग्री तथा खाद्यान्न आपूर्तिका लागि मानवीय सहायतासम्बन्धी कोरिडोर सञ्चालन हुन नसकेको भन्दै यसले आगामी केही दिनमै यहाँ खाद्यान्न अभाव हुन जाने संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया