सेयर बजारमा झिनो सुधार, १ अर्ब १५ करोडको कारोबार

काठमाडाैं । बिहीबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ९.६० अंकले उकालो १९७५.९७ मा कायम भएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६९ अंकले बढेर ३८१.६९ विन्दुमा पुगेको छ ।
बिहीबार कूल २२० कम्पनीको ३४ लाख ४४ हजार ४७६ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब १५ करोड १० लाख ८० हजार २६१७ रूपैयाँको कारोबार भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत, निर्जीवन बीमा कम्पनी र लगानीको सेयरमूल्य घटेको छ। ती उपसमूहहरूको क्रमश ०.१,०.२७ र ०.०७ प्रतिशतले घटेको हो । आज सबैभन्दा बढी अन्यको २.५७ प्रतिशतले बढेको छ ।
त्यसबाहेक बैंकिङ ०.०४, व्यापार १.२१, होटल तथा पर्यटन ०.४१, विकास बैंक ०.५७, वित्त ०.७६, उत्पादन ०.६३, लघुवित्त ०.५३, जीवन बीमा ०.१३ र सामूहिक लगानी कोष ०.५ अंकले उकालो लगेको छ ।
नेप्सेका अनुसार कारोबारको नेपाल टेलिकमको सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीको १३ करोड ७२ लाख ६२ हजार ३४३ रूपैयाँको कारोबार भएको छ । नेपाल क्रेडिट एण्ड कर्मसिएल बैकको १० करोड ३५ लाख ४ हजार ७१५, सिभिल बैंकको ४ करोड ७१ लाख १९ हजार ७८५ , एनअइसी एशियाको ३ करोड ५७ लाख २३ हिजार, नबिल २ करोड ५० लाख ४६ हजार रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।
आँधीखोला लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै सामूहिक लघुवित्त ९.९६, कालिका लघुवित्त ७.६९, नेपाल क्रेडिटका लगानीकर्ताले ६.६५ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमा नकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताल ३.८ प्रतिशतको दरले गुमाएका छन् । यस्तै राष्ट्र उत्थान लघुवित्त ३.४१, माउन्टेन इनर्जीका लगानीकर्ताले २.७२ प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया