विश्वकप छनोटमा ओमानलाई नेपालको ११८ रनको लक्ष्य, अन्तिममा सन्दीपको विष्फोटक ब्याटिङ
काठमाडौं । टी–२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले ओमानसामू कमजोर लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले मुस्किलले एक सय रन कटाएको हो । २० ओभरमा ८ विकेट गुमाएर नेपालले ओमानलाई ११८ रनको लक्ष्य दिएको हो ।
नेपालका प्रारम्भिक ब्याट्सम्यान आशिफ शेख ४ र कुशल भुर्तेल ५ रन बनाएर आउट भए । केही सम्हालिन खोजे पनि ज्ञानेन्द्र मल्ल पनि १५ र दीपेन्द्रसिंह ऐरी ११ रन बनाएर आउट हुन पुगे । आरिफ शेखले सर्वाधिक ३८ रन बनाए ।
नेपालले १० ओभरमा ४ विकेट गुमाएर ४५ रन मात्रै जोडेको थियो । आरिफ शेखले सम्हालिएर ब्याटिङ गर्दा नेपालले मध्यम लक्ष्य दिएको हो । सन्दिप लामिछानेले ७ बल खेल्दै आक्रामक रुपमा १६ रन जोडेर नटआउट रहे । नेपालका लागि लोकेश बामले १६ रन बनाए । जुन दोस्रो सर्वाधिक रनसमेत हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया