NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

प्रधानसेनापतिले भने– कसैसँग सैन्य गठबन्धन गर्दैनौं, त्यसका लागि पत्र लेखेका पनि छैनौं

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले कुनै पनि देशका सेनासँग नेपाली सेनाले सैन्य गठबन्धन नगर्ने प्रष्ट पारेका छन् । साथै उनले एसपिपी सम्झौताका लागि अमेरिकी सेनालाई पत्र नलेखेको पनि बताए ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानसेनापति शर्माले यस्तो बताएका हुन् ।

एसपिपीबारे बाहिरिएको एकपछि अर्को विषयले अन्योल सिर्जना गरेपछि समितिले शुक्रबारको बैठकमा शर्मालाई निम्त्याएको थियो ।

शर्माले सैन्य गठबन्धनमा नेपाली सेना सहभागी हुन लागेको भनेर प्रश्न उठेको उल्लेख गर्दै शंका नगर्न आग्रह गरे । अमेरिकी अधिकारीलाई प्रष्टसँग सैन्य गठबन्धनमा सहभागी नहुने बताएको उनले जानकारी दिए ।

‘सेनाले सैन्य गठबन्धन गर्न लाग्यो भनेर आशंका नगरौं । यो हुन सक्दैन । अमेरिकी अधिकारीलाई पनि मैले प्रष्ट रूपमा यो कुरा भनेको छु,’ प्रधानसेनापति शर्माले समितिको बैठकमा भने ।

एसपिपीलाई नेपाली सेनाले पठाएको पत्रबारे सांसदहरूले सांसदसमक्ष जिज्ञासा राखेका थिए । जवाफमा शर्माले एसपिपीलाई पत्र लेखेको स्वीकार गर्दै त्यो सैन्य गठबन्धनका लागि नभएर भूकम्पका बेला मानवीय सहायताका लागि लेखेको बताए ।

यसैबीच, एसपिपीबारे छाननिका लागि समिति गठन गर्न एमाले सांसद भीम रावलले माग गरेका छन् ।

एसपिपीबारे धेरै विषय बाहिर आएकाले त्यसलाई प्रष्ट पार्न छानबिन समिति बनाउँदा उपयुक्त हुने रावलको भनाइ छ ।

रावलले परराष्ट्र मन्त्री नारायण खड्काको भनाइप्रति समेत तीव्र असन्तुष्टि जनाए । खड्काले एसपिपीलाई कोट्याउँदा धेरै विषय छताछुल्ल हुने भएकाले यसलाई धेरै जिगोल्न नहुने भनाइ राखेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष