ब्राजिलमा बेलायती पत्रकार मृत फेला
काठमाडौं । ब्राजिलमा हराइरहेका एक बेलायती पत्रकार दुई सातापछि मृत फेला परेका छन् । उनीसँगै अर्को एक शव पनि फेला परेको छ । उक्त शव उनीसँगै हराइरहेका आदिबासी विज्ञको भएको आशंका गरिए पनि खुलेको छैन ।
जुन ५ गतेदेखि हराइरहेका ५७ वर्षीय बेलायती पत्रकार डम फिलिप्स र पहिचान नखुलेका अर्का एक व्यक्तिको शव ब्राजिलको अमेजन रेनफरेस्टको दुर्गम क्षेत्रमा गाडिएको अवस्थामा फेला परेको हो ।
दाँतको आधारमा बेलायती पत्रकारको पहिचान भएको र अर्का मृत व्यक्तिको पहिचानबारे पत्ता लगाउन थप अनुसन्धान भइरहेको बिबिसी समाचारमा उल्लेख छ ।
प्रहरीले घटनामा संलग्नको आरोपमा अमरिल्डो दा कोस्टा डि ओलिभेरा र दाजुलाई नियन्त्रणमा लिएको छ । अमरिल्डोले हत्याबारे विस्तृतमा बताएको समाचारहरूमा जनाइएको छ ।

यो जोडी ब्राजिलको सुदूर पश्चिमस्थित जावरी उपत्यकाबाट हराएको थियो । जावरी २० भन्दा बढी आदिवासी जनजातिको बसोबास रहेको दुर्गम क्षेत्र हो । बाहिरी संसारबाट अलग आदिवासीको शरणस्थल जावरी अपराध कर्मका कारण बदनाम छ । त्यसैले त्यहाँ मानिसहरू हत्तपत्त जाँदैनन् । विकटता र राज्यको कमजोर उपस्थितिले यो क्षेत्रमा अपराध कर्म बढेको जानकारहरू बताउँछन् ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया