NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

अस्ताए भुटानी शरणार्थीका अभिभावक डा. राई

काठमाडौं । भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन भएको छ ।

मोरङको विरानटनगरस्थित नोबेल अस्पतालमा उपचाररत राईको आइतबार बिहान २ः४० बजे निधन भएको हो ।

पाँच दिनअघि हर्नियाको शल्यक्रिया गराएका राईको मुटुमा समस्या देखिएपछि शनिबार दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट नोबेल अस्पताल रिफर गरिएका उनको उपचारकै क्रममा आइतबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी पेटसम्बन्धी थप रोगबाट लामो समयदेखि पीडित थिए ।

भुटानी राजाका निजी चिकित्सक राई सन् १९९१ मा त्यहाँको सरकारले नेपाली भाषीलाई धपाएपछि स्वेच्छाले उनीहरूसँगै त्यहाँको वैभव त्यागेर नेपाल आएका थिए । त्यसयता उनले लगातार भुटानबाट लखेटिएका नेपाली भाषीलाई स्वदेश फर्काउने अभियान सञ्चालन गरिरहे । यही अभियानलाई मूर्त रूप दिन डा. भाम्पा अन्य मुलुक नगएर नेपालमै बसेका थिए । तर उनको सपना पूरा हुन पाएन ।

दमकस्थित भुटानी शिविरमा श्रीमतीसँग बस्दै आएका भाम्पा दुई वर्षअघि श्रीमतीको निधन भएपछि एक्लो भएका थिए ।

भुटानी शरणार्थीको न्यायका लागि लडेका डा. राई निःसन्तान हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष