जिसस निर्वाचन जहाँ भयो रोचक हारजित
काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) नयाँ नेतृत्व र सदस्य चयनका लागि ६७ जिल्लामा निर्वाचन सम्पन्न भएको छ । नेपाली कांग्रेसले अहिलेसम्म झण्डै आधा ३१ स्थानमा जित हासिल गरेको छ ।
जिसस निर्वाचनका क्रममा कतिपय जिल्लामा प्रतिस्पर्धीले बराबर मत ल्याएपछि गोलाप्रथाबाट हारजित गरिएको छ ।
कपिलवस्तुमा कांग्रेस गठबन्धनमा ११ मत र एमाले गठबन्धनमा नौ मत थियो । प्रमुखमा एमालेका बाबुराम आचार्य र कांग्रेसका ज्ञानबहादुर कार्कीको १०–१० मत पाएपछि गोलाप्रथाबाट आचार्य विजयी भए ।
चितवनमा सत्तागठबन्धनबाट कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेका नारायण अधिकारीले पनि बराबर ७–७ मत पाए । गोलप्रथामा अधिकारी निर्वाचित भए ।
स्याङ्जामा काग्रेस र एमालेसँग ११–११ मत थिए, निर्वाचनमा पनि बराबरी नै पाए । गोलाप्रथामा प्रमुखमा कांग्रेस र उपप्रमुख एमालेका उम्मेदवार निर्वाचित भए ।
भक्तपुरमा प्रमुख र उपप्रमुख दुवै गोलाप्रथाबाट चुनिएका छन् । ३–३ मत ल्याएपछि गरिएको गोलाप्रथामा प्रमुखमा एमालेका ईश्वर थापा र उपप्रमुखमा कांग्रेसकी सुजाता बाडे निर्वाचित भइन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया