५२ लागे राहुल, जन्मदिन नमनाउने

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी ५१ वर्ष पूरा गरेर आजबाट ५२ वर्ष प्रवेश गरेका छन् । गान्धीले सामाजिक सञ्जालमार्फत आजदेखि आफू ५२ लागेको जनाएका छन् ।
जन्मोत्सवको अवसरमा विगत वर्षमा गान्धीले नेता तथा कार्यकर्ताको साथमा उत्सव मनाउने गरेका थिए । तर यस वर्ष उनले जन्मदिन भने नमनाउने भएका छन् ।
सामाजिक सञ्जालमा एक अपिल सार्वजनिक गर्दै उनले देशका युवा सडक संघर्षका कारण तनाव र हैरानीमा रहेकाले जन्मदिन मनाउन मनासिव नहुने बताएका छन् । उनले सडक संघर्षमा रहेका युवालाई आफूले पनि साथ दिने जनाएका छन् ।
ताजा अपडेट
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
-
विशेष अदालतको फैसलामाथि सर्वोच्चमा पुनरावेदन
-
१० महिनामा वीरगञ्ज भन्सारबाट कति उठ्यो राजस्व ?
-
आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता
प्रतिक्रिया