खाना खान नक्कली हत्यारा बनेर जेलमा
काठमाडाैं । एक व्यक्ति खानाका लागि नक्कली हत्यारा बनेर जेल गएका छन् ।
भारतको कोलकतामा प्रहरी भएको ठाउँमा पुगेर शुभाशीष चक्रवर्ती नाम गरेका युवकले आफ्नो दाजुको हत्या गरेको स्वीकार गरेका थिए । उनले दाजुको हत्या गरेको भन्दै प्रहरीसँग आत्मसमर्पण गरेर आफूलाई जेल लैजान भनेका थिए ।
तर जब प्रहरीले मृतक शरीरको पोस्टमार्टम गराए उक्त रिपोटमा मृतकको हत्या नभई बिरामी भएर मृत्यु भएको खुल्न आयो ।
उक्त रिपोर्टपछि प्रहरीको सोधखोजमा दाजुको हत्या नगरेको र निशुल्क खानाका लागि उनले दाजुको हत्या गरेको बहाना बनाएको बताएका छन् ।
उनका अनुसार मृतक दाजुले मर्नु भन्दा अघि उनलाई सो सल्लाह दिएका थिए ।
भाइ बेरोजगार भएको र आर्थिक अवस्था नाजुक भएका कारण उनले भाइलाई त्यस्तो सल्लाह दिएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरुका आमाको केही समयअघि मृत्यु भएको थियो । आमाले नै दुवै छोराको रेखदेख गर्थिन् ।
दाजुलाई केही समय देखि स्वास्थ्यमा समस्या आएको थियो । उनले आफ्नो स्वास्थ्य अवस्था बिग्रिदै गएपछि भाइको गुजारा चलाउन सजिलो होस भनेर सल्लाह दिएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया