अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार साइकलबाट लडेका छन् । बाइडेन साइकल चलाउने क्रममा सन्तुलन विग्रेर साइकलसहित लडेका हुन् ।
बाइडेनको बाइकिङ जुत्ता साइकलको प्याडलमा अड्किएर उनको सन्तुलन विग्रेको थियो । लडेर कहि पनि चोटपटक नलागेको र आफू स्वस्थ रहेको बाइडेनले बताएका छन् ।
७९ वर्षका बाइडेन हाल अमेरिकी राज्य डेलावेयरमा विदा मनाउँदै छन् । उनी आफ्नो वैवाहिक वर्षगाँठको उत्सव मनाउन श्रीमती जिल बाइडेनको साथ रेहोबोथ तट पुगेका छन ।
उक्त समुद्री तट छेउको पार्कमा साइकल चलाउने क्रममा उनी लडेका हुन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया