भ्रष्टाचार मुद्दामा राप्रपा नेता पाण्डेसहित २१ जनालाई सफाइ
काठमाडौं । राप्रपा नेता विक्रम पाण्डेले दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रूपैयाँ भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार भएको अभियोगमा पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध मुद्दा दायर भएकोमा उनीहरू सबैलाई आइतबार विशेष अदालते सफाइ दिएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिक्टा सिंचाइ आयोजनाको निर्माण क्रममा दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित पूर्व–आयोजना प्रमुखहरू सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की र रमेश बस्नेतलगायतविरुद्ध मुद्दा दायर गरेको थियो ।
गलत डिजाइन र गुणस्तरहीन सामग्री प्रयोग गरेर आयोजनामा भ्रष्टाचार गरेको ठहर अख्तियारको थियो ।
तर विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यद्वय रमेशकुमार पोखरेल र यमुना भट्टराईको संयुक्त इजलासले उनीहरू सबैलाई सफाइ दिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया