अवैधानिक समिति खारेज गरी राष्ट्रिय सम्मेलन गर्नुपर्छ : पवन कार्की
काठमाडौं । निलम्बनमा परेका अखिल क्रान्तिकारीका नेता पवन कार्कीले क्रान्तिकारी संगठनको पुनर्गठन र विद्यार्थी आन्दोलनलाई पुनर्जीवन प्रदान गर्नका लागि अवैध समितिहरू खारेज गर्नुपर्ने बताएका छन् ।
आइतबार बसेको क्रान्तिकारीको तेस्रो विस्तारित केन्द्रीय समिति बैठकले कार्कीसहित ९ जनालाई कारवाहीमा परेपछि उनले विशेष राष्ट्रिय महाधिवेशनमा जानु नै आजको अनिवार्य आवश्यकता भएको बताएका हुन् । केन्द्रीय समिति बैठक सुरू हुनुअघि नै कार्की समूहले बैठकमा होहल्ला र नारावाजी गरेपछि दुईपक्षबीच हात हालाहाल भएको थियो ।
समानान्तर गतिविधि गरेको, बैठकमा युवाहरूलाई प्रयोग गरी हुलहिज्जत गरेको, अराजकता सिर्जना गरेको लगायत आरोप लगाउँदै उनी कारवाहीमा परेका थिए । केन्द्रीय समिति विस्तारमा आफ्नो समूहलाई वेवास्था गरेको भन्दै कार्की समूहले नेतृत्वप्रति आक्रोश र असन्तुष्टि जनाउँदै आएका थिए ।
कारवाही पर्नेहरूमा बसन्ता भण्डारी, पदम नेपाली, रमेश खड्का, बालकुमार केसी, उपदेश यादव, संजिव चौधरी, रविन बस्नेत र समिर बुढाथोकी रहेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया