सुनको मूल्य बढ्यो, चाँदी स्थिर

काठमाडौ । सोमबार सुनकाे मूल्य दुई सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला ९७ हजार कायम भएको थियो ।
आइतबार १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार स्थिर रही आइतबारकै मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया