काठमाडौंमा दिदिबहिनीलाई हैजा पुष्टि
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको बागबजारमा बस्ने एकै घरका दुई दिदिबहिनीलाई हैजा भएको पुष्टि गरेको छ । मन्त्रालयले विज्ञप्ती जारी गर्दै उक्त जानकारी गराएको हो ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा असार ३ गते भर्ना भएका दुई दिदिबहिनीलाई झाडापखालाको लक्षण देखिएको थियो ।
उक्त दिदिबहिनीको संकलित नमुना परीक्षण गर्दा हैजाको जिवाणु पत्ता लागेको मन्त्रालयले जानकारी गराएको छ । अहिले उनीहरुको शुक्रराज ट्रपिकलमा उपचार भइरहेको छ ।
मन्त्रालयले विज्ञप्तिमार्फत सबै उपत्यकावालाई सर्तक रहन तथा हैजासम्बन्धि लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया