सीजीको ‘दोहोरो छुट अफर’ : २५ हजारभन्दा माथिको सामग्री खरिदमा ५०० रुपैयाँसम्म छुट
काठमाडौं । सीजीनेटले ‘दोहोरो छुट अफर’ ल्याएको छ । यो अफरअन्तर्गत अब ग्राहकले सीजीनेटको ५० एमबीपीएस वा १२० एमबीपीएसको इन्टरनेट प्याकेजको खरिदमा सीजी डिजिटल सामग्री खरिद गर्न १५ सय रुपैयाँसम्मको भौचर पाउन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो भौचर सीजी अथवा एलजीका डिजिटल सामग्री खरिदमा प्रयोग गर्न सकिनेछ। अफरअन्तर्गत प्राप्त भएको भौचर प्रयोग गर्दा २५ हजार रुपैयाँभन्दा माथिको सामग्री खरिदमा ५०० रुपैयाँसम्म छुट पाउन सकिनेछ । यसैगरी ५० हजार रुपैयाँभन्दा माथिको सामग्री खरिदमा एक हजार रुपैयाँको छुट पाउन सकिनेछ भने ७५ हजारभन्दा माथिको सामग्री खरिदमा १५ सय रुपैयाँको छुट पाउन सकिन्छ ।
साथै सीजी डिजिटल वा एलजीको कुनै सामग्री खरिद गर्दा पनि सीजीनेटको जडानमा छुट पाउन सकिने कम्पनीले जनाएको छ । २५ हजार रुपैयाँभन्दा माथिको सीजी डिजिटल वा एलजी सामग्री खरिद गर्दा सीजी नेटको ७५० रुपैयाँको दुई भौचर गरेर कूल १५ सय रुपैयाँसम्मको छुट भौचर प्राप्त गर्न सकिन्छ ।
यो भौचर छ महिना र १२ महिनाको सब्सक्रिप्सन र नवीकरणमा मात्र प्रयोग गर्न सकिनेछ । छ महिनाको इन्टरनेट प्याकेज खरिद गर्दा सुरुमा ७५० रुपैयाँको भौचर प्रयोग गर्न सकिनेछ भनेपछि उक्त प्याकेज नवीकरण गर्नका लागि अर्को ७५० रुपैयाँको भौचर प्रयोग गर्न सक्नेछन् । त्यस्तै १२ महिनाको प्याकेज खरिदको लागि भने प्रयोगकर्ताले दुवै भौचर एकैपटक प्रयोग गर्न सक्नेछन् ।
यसरी प्राप्त भौचर जारी गरेको १२ महिनासम्म मात्र मान्य हुने कम्पनीले बताएको छ । यो अफर सिमित अवधि को लगि मात्र भएको पनि कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया