बलात्कार आरोपमा पक्राउ परेका पाण्डे पुर्पक्षका लागि कारागार चलान
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको कसुरमा अनुसन्धानमा रहेका मनोज पाण्डेलाई साेमबार जिल्ला अदालत काठमाडाैंले पुर्पक्षका लागि कारागार चलान गरेकाे छ ।
अदालतका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाण्डेलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
बलात्कार आरोप लागेका लागेका पाण्डेविरूद्ध हदम्याद सकिएकाले मानव बेचविखनको मुद्दा दर्ता गरिएको हो ।
मिस ग्लोबल प्रतियोगिताका क्रममा सात वर्ष अघि एक नाबालिगलाई नशालु पदार्थ खुवाई होटलमा लगेर बलात्कार गरेको आरोप लागेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो । पाण्डे पक्राउ परेपछि अर्की किशोरी पनि प्रहरीसमक्ष पुगेकी थिइन् ।
सौन्दर्य प्रतियोगिताको क्रममा बलात्कार भएको भन्दै टिकटकबाट घटना सार्वजनिक गरेकी युवतीको जाहेरी मानव बेचविखन तथा ओसारपसार र अर्की पीडित किशोरीको जाहेरी बालबालिकाविरूद्धको कसुरअन्तर्गत दर्ता गरिएको थियो ।
पाण्डेविरुद्ध मानव बेचबिखन र बालबालिकाविरुद्ध कसुरमा मुद्दा दर्ता
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया