विपक्षीको शरणमा बहुमत गुमाएका फ्रान्सका राष्ट्रपति

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विपक्षी दलसँग सहकार्यको रणनीति अघि सारेका छन् ।
राष्ट्रपतिको निर्वाचित भएको दुई महिना नपुग्दै तल्लो सदनमा बहुमत गुमाएपछि दबाबमा परेका म्याक्रोँ विपक्षीको शरणमा पुगेका हुन् ।
अघिल्लो निर्वाचनमा स्पष्ट बहुमत ल्याएको म्याक्रोँको दल सम्बद्ध गठबन्धन यसपटक बहुमतभन्दा वर नै रोकिएको छ ।
संसदमा बहुमत गुमाएका म्याक्रोँले मंगलबार विपक्षी दलका नेतासँग आफूमाथि परेको संकट मोचन निम्ति भेट गर्न लागेको बिबिसीले लेखेको छ । तर न मारिल ले पेन नेतृत्वको अति वामपन्थी न त ग्रीन पार्टी गठबन्धन नै म्याक्रोँसँग काम गर्न उत्सुक छन् ।
म्याक्रोँको सरकारलाई बहुमत जुटाउन ४४ सिट आवश्यक परेको छ ।
फ्रान्समा अल्पमतको सरकार बनेको घटना दुर्लभ छ । तर यसपटक म्याक्रोँको दल र विपक्षी कुनैलाई पनि जनताले बहुमत दिएनन् ।
ताजा अपडेट
-
पोर्चुगल नेसन्स लिगको फाइनलमा, जर्मनी पराजित
-
अबदेखि घरजग्गा कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने, कारण यस्तो छ
-
सार्वजनिक यातायात सेवामा बन्द-हडताल नगर्न सर्वोच्चको आदेश
-
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि
-
आरसीबीको विजय जुलुसमा भागदौड : ११ जनाको मृत्यु, शोकमा बदलियो उत्सव
प्रतिक्रिया