विपक्षीको शरणमा बहुमत गुमाएका फ्रान्सका राष्ट्रपति
काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विपक्षी दलसँग सहकार्यको रणनीति अघि सारेका छन् ।
राष्ट्रपतिको निर्वाचित भएको दुई महिना नपुग्दै तल्लो सदनमा बहुमत गुमाएपछि दबाबमा परेका म्याक्रोँ विपक्षीको शरणमा पुगेका हुन् ।
अघिल्लो निर्वाचनमा स्पष्ट बहुमत ल्याएको म्याक्रोँको दल सम्बद्ध गठबन्धन यसपटक बहुमतभन्दा वर नै रोकिएको छ ।
संसदमा बहुमत गुमाएका म्याक्रोँले मंगलबार विपक्षी दलका नेतासँग आफूमाथि परेको संकट मोचन निम्ति भेट गर्न लागेको बिबिसीले लेखेको छ । तर न मारिल ले पेन नेतृत्वको अति वामपन्थी न त ग्रीन पार्टी गठबन्धन नै म्याक्रोँसँग काम गर्न उत्सुक छन् ।
म्याक्रोँको सरकारलाई बहुमत जुटाउन ४४ सिट आवश्यक परेको छ ।
फ्रान्समा अल्पमतको सरकार बनेको घटना दुर्लभ छ । तर यसपटक म्याक्रोँको दल र विपक्षी कुनैलाई पनि जनताले बहुमत दिएनन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया