पिपुल्स पावरले भोलिदेखि आइपिओ निष्कासन गर्दै, क-कसले दिन पाउनेछन् आवेदन

काठमाडाैं । पिपुल्स पावर कम्पनीले बुधबारदेखि अर्थात (असार ८ ) गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।
जसमध्ये अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिकाको वडा नं.१ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता, इलामकै बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आइपीओ जारी गर्न लागेको होर।
यसमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा साउन ५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी आइएस’ रेटिङ प्रदान गरेको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया