नबिल बैंकको कामु सिइओको जिम्वेवारी सुजित शाक्यलाई
काठमाडौं । नबिल बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)को जिम्मेवारी सुजित कुमार शाक्यलाई दिइएको छ ।
कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले यसअघि सिइओ पदमा रहेका अनिल केशरी शाहको कार्यकाल असार ६ गतेदेखि समाप्त भएसँगै कामु सिइओको जिम्मेवारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यलाई दिइएको बैंकले जनाएको छ ।
कम्पनीको जेठ ७ गते सम्पन्न विशेष साधारण सभापश्चात बसेको संचालक समितिको बैठकले सिइओमा ज्ञानेन्द्र ढुंगानालाई नियुक्त गरेको थियो । उनको कार्यकाल आगामी साउन १ गतेदेखि लागू हुनेभएसँगै सो अवधिसम्मको लागि कामु सिइओमा शाक्यलाई जिम्मेवारी दिइएको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया