नबिल बैंकको कामु सिइओको जिम्वेवारी सुजित शाक्यलाई
काठमाडौं । नबिल बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)को जिम्मेवारी सुजित कुमार शाक्यलाई दिइएको छ ।
कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले यसअघि सिइओ पदमा रहेका अनिल केशरी शाहको कार्यकाल असार ६ गतेदेखि समाप्त भएसँगै कामु सिइओको जिम्मेवारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यलाई दिइएको बैंकले जनाएको छ ।
कम्पनीको जेठ ७ गते सम्पन्न विशेष साधारण सभापश्चात बसेको संचालक समितिको बैठकले सिइओमा ज्ञानेन्द्र ढुंगानालाई नियुक्त गरेको थियो । उनको कार्यकाल आगामी साउन १ गतेदेखि लागू हुनेभएसँगै सो अवधिसम्मको लागि कामु सिइओमा शाक्यलाई जिम्मेवारी दिइएको हो ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया