शून्य समय : महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले मुलुकमा पट्रोलियम पद्धार्थलगायतको चरम मूल्यवृद्धि भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद मीना सुब्बाले महँगी बढ्दै गएर चरम उत्कर्षमा पुगेर पेट्रोलियम पद्धार्थ, चामल, दाल, तेललगायतको मूल्य अत्यधिक बढेको तर महँगी नियन्त्रण गर्न सरकारको ध्यान नभएकोप्रति ध्यानाकर्षण गराइन् । सांसद मायादेवी न्यौपानेले महँगीका कारण जनताको चुलो चिसो बनाएको तर सरकारले त्यसप्रति ध्यान नदिएको भन्दै मूल्यवृद्धिप्रति पुनर्विचार गर्न आग्रह गरिन् ।
सांसद मोहन बानियाँले मुलुकमा छ वर्षयताकै उच्च मूल्यवृद्धि भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सामुदायिक विद्यालयलमा समयमा पाठ्यपुस्तकको अभाव हुँदा अझै पुग्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद भानुभक्त ढकालले प्रदेशका मन्त्रीले सरकारी गाडीको दुरुपयोग गरेको तर सरकारले त्यसतर्फ खोजी नगरेको उल्लेख गरिन् ।
सांसद रेखाकुमारीले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अपरिचित व्यक्तिलाई भित्र पठाउनुभएको बुझिएकाले सिसीटिभी क्यामेरामार्फत ती व्यक्तिलाई सार्वजनिक गर्न माग गरिन् । सांसद रामबहादुर विष्टले धितो कारोबार धरासयी बन्दै जाँदा साना लगानीकर्ता जोखिममा परेको र सेयर कारोबारमा लगानी गर्नेलाई प्रोत्साहन गर्न त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद भीमसेनदास प्रधान, योगेश भट्टराई र राजेन्द्र गौतमले वर्षाका कारण देशको विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितको उद्धार, राहत र क्षतिपूर्तिका लागि ध्यानाकर्षण गराइन् ।
सांसद रेखा शर्माले नागरिकता ऐन संसद्मा अड्किएर बस्नाले धेरै नेपाली नागरिकताविहीन भएकाले सबैको सहमतिमा उक्त ऐन अघि बढाउन सरकारको ध्यानाकर्षण गराइन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया