रविको पार्टीमा कहिल्यै नलाग्ने दाजु हरिशरणको घोषणा
काठमाडौं । रवि लामिछानेले नयाँ दल खोलेकोप्रति उनकै दाजु हरिशरण लामिछानेले प्रश्न उठाएका छन् ।
पूर्वसञ्चारकर्मीसमेत रहेका हरिशरणले स्वतन्त्र हुन किन स्वतन्त्र पार्टी चाहियो ? भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् । रविले पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेकोप्रति हरिशरणले आपत्ति जनाएका छन् ।
रविले आफ्नो पार्टीमा परिवारलाई निषेध गर्ने घोषणा गरेकोप्रति पनि हरिशरणले व्यङ्ग्य गरेका छन् । उनले आफू आजीवन रविले खोलेको पार्टी नबस्नेसमेत घोषणा गरेका छन् ।
यस्तो छ हरिशरणको भनाइ :
नैतिक न राजनैतिक ?
नयाँ पार्टी घोषणा गरेकोमा रवि लामिछानेलाई बधाई । पार्टीको नीति अनुसार, परिवारवाद निषेध गरिनु राम्रो प्रयास हो । यस क्रममा मनमा लागेको एउटा रोचक कुरा ।
कुनै पनि नयाँ सदस्यले अब देशभर आफ्नो जन्मकुन्डलीलाई अर्को सदस्यसँग भिडाइ नाता “अप्रमाणित“ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नु होला । पछि आपसी मायाप्रेममा परी बिहेबारी भइ कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है । “लामिछाने“बन्धुहरू सरसल्लाह गर्नुहोला ।
दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधिमा म परिवारको नातेदारको नाताले नैतिक रुपले सम्लग्न हुने त कुरै भएन । राजनैतिक रुपले त्यो पार्टीमा म आजीवन रहनेछैन भन्ने जानकारी पनि गराउँदछु । स्वतन्त्र र दलगत राजनीतिका लागि मसँग अपार अवसर र सम्भावना छन् । बाँकी कुरामा कमेन्ट गर्ने मेरो हैसियत छैन । नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहने छ । स्वतन्त्र हुन स्वतन्त्र पर्टी किन चाहियो ?
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया