बेलायतमा तीस वर्षयताकै ठूलो रेल हडताल
काठमाडौं (एजेन्सी) । बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भीडले मङ्गलबार अराजकताको सामना गर्न सक्ने बताइएको छ ।
हडताल समाप्तीको लागि भएको वार्ता असफल भएको बताइएको छ । यसको अर्थ रेल युनियनका ५० हजारभन्दा बढी सदस्य यस हप्ता तीन दिनको लागि आफ्नु कामबाट बाहिरिका छन् ।
रेल र लन्डन भूमिगत स्टेशन मङ्गलबार बिहान बन्द, भएपछि मानिसलाई घरबाट काम गर्न वा अफिसमा वैकल्पिक मार्ग खोज्न बाध्य भएको बताइएको छ ।
लन्डनको बाहिरी भागमा बिहान ०६ बजेपछि बस स्टेशनमा मानिसको भीड पर्खिरहेको थियो । यातायात सचिव ग्रान्ट शाप्सले यस हडतालको निन्दा गर्नुभएको छ । सन् १९७० को खराब पुराना दिनहरुको सम्झना पुन ः आएको उनले बताए ।
ताजा अपडेट
-
कान्तिपुरका मालिक सिरोहिया कार्यकक्षबाटै पक्राउ
-
सिरोहियालाई पक्राउ गर्न एसएसपी आफैं पुगे कान्तिपुरको केन्द्रिय कार्यालय
-
सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिदै
-
प्रचण्डको सम्पत्तिमा प्रश्नै प्रश्न : सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार निवारण ऐन आकर्षित हुन सक्ने
-
रवि लामिछानेको सम्पत्ति सार्वजनिक, अधिकांश श्रीमतीको नाममा
प्रतिक्रिया