स्वतन्त्र उम्मेदवारलाई आघात पुगेको भन्दै रवि लामिछानेकाे पार्टीर्विरुद्ध उजुरी
काठमाडौं । मंगलबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका पूर्व टेलिभिजनकर्मी रवि लामिछानेविरूद्ध उजुरी परेको छ । उनको पार्टी घोषणाका कारण वास्तविक स्वतन्त्र उम्मेदवारहरूलाई आघात पुगेको भन्दै स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी गरेको हो ।
यसले गर्दा स्थानीय तहमा देशै भरी स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समुह/संस्थालाई गम्भिर आघात पुगेको विज्ञप्तीमा जनाइएको छ ।
स्वतन्त्रका नाममा पार्टी गठन गर्दा जसले स्वतन्त्र उम्मेदवारी दिन खोजिरहेका छन् उनीहरूमा भ्रम र अन्यौल सिर्जना भएको उक्त अभियानले जनाएको छ ।
संविधानमा कुनै पनि व्यक्ति, समुह र संस्थाहरु कुनै राजनैतिक पार्टिमा आवद्ध नरहेर स्वतन्त्र रहुन र निर्वाचनमा स्वतन्त्रकै रूपमा आफ्नो उम्मेदवारी दिन पाउने सार्वभौम अधिकारको व्यवस्था छ ।
‘कुनै पनि व्यक्तिले राजनैतिक पार्टिमा आबद्ध हुन चाहदैन र स्वतन्त्र रूपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टि गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्योल उत्पन्न भएको छ,’ जारी विज्ञप्तीमा उल्लेख छ ।
पार्टीको नाम नै राष्ट्रिय स्वतन्त्रता पार्टी राखेर लामिछानेले धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाइएको छ ।
उक्त अभियानका अध्यक्ष डम्बर साहुले लामिछानेलाई ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्दको प्रयोग गर्न सुझाव दिएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया