इम्बोस्ड नम्बर कुनै हालतमा जडान गर्दिन, बरु जेल जान तयार छु : भीम रावल
काठमाडौं । नेकपा (एमाले)का नेता डा. भीम रावलले इम्बोस्ड नम्बर जडान नगर्ने घोषणा गरेका छन । तथा प्रतिनिधिसभाका सांसदसमेत रहेका रावलले आज राज्यका निर्देशक, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा बोल्दै यस्तो घोषणा गरेका हुन् ।
जबसम्म राज्यले इम्बोस्ड नम्बरसँग सम्बन्धी उठेका सबै प्रश्नको जवाफ दिँदैन तबसम्म यो नम्बर प्लेट जडान नगर्ने अडान उनले राखेका छन् ।
‘जबसम्म राज्यले इम्बोस्ड नम्बरबारे उठेका सबै विषयको जवाफ दिँदैन तबसम्म यो नम्बर प्लेट जडान गर्दिन,’ उनले भने ।
नेता रावलले इम्बोस्ड नम्बर नहाल्दा सरकारले जेल हारे आफू जति वर्ष पनि जान तयार रहेको बताएका छन् । ‘जति वर्ष जेल हाल्छ हालोस्, म इम्बोस्ड नम्बर जडान गर्दिन’ उनले भने ।
इम्बोस्ड नम्बर प्लेटमा गुणस्तरसमेत नभएको र घोटालाको गन्ध आएको बताउँदै उनले जडान नगर्ने घोषणा गरेका हुन् ।
रावलले यसअघि संसद्मा पनि यो विषयको उठान गरेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया