प्रतिक्रियावादीहरूले सोचेभन्दा धेरै ठूलो सफलता स्थानीय तहमा मिल्यो : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तह निर्वाचनमा बुर्जुवा र प्रतिक्रियावादीले सोचेभन्दा धेरै ठूलो सफलता पाएको बताएका छन् ।
बिहीबार ललितपुर जिल्लाका माओवादी केन्द्रका जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण दिने कार्यक्रममा प्रचण्डले स्थानीय चुनावको नतिजाले माओवादीलाई देशको तेस्रो र निर्णायक शक्ति बनाएको बताए ।
उनले आफूले योभन्दा धेरै अपेक्षा गरेको भए पनि बुर्जुवा र प्रतिक्रियावादीले माओवादीलाई धेरै तल झारे विश्लेषण गरेको उनको भनाइ थियो ।
‘हामीले त यो (१२२ सिट) भन्दा धेरै अपेक्षा गरेका थियौं । देशको दोस्रो ठूलो र पहिलो कम्युनिष्ट पार्टी बन्छौं भन्ने थियो । तर बुर्जुवा र प्रतिक्रियावादीहरूले माओवादीले ३० पालिका मात्र जित्छ भन्ने रिपोर्ट बनाएका थिए,’ उनले भने, ‘उनीहरूले सोचेभन्दा हामीले धेरै ठूलो सफलता पायौं ।’
अर्को प्रशंगमा प्रचण्डले एमसिसी र एसपीपीका विषयमा आफ्नो पार्टीले निर्णायक भूमिका खेलेको दाबी गरेका छन् । १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी पारित गरेर ठूलो दुर्घटना टारिएको उनले बताए ।
साथै, उनले एसपिपीबाट सरकार पछि हट्नुमा पनि माओवादीको हात रहेको दाबी गरे ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया