प्रतिक्रियावादीहरूले सोचेभन्दा धेरै ठूलो सफलता स्थानीय तहमा मिल्यो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तह निर्वाचनमा बुर्जुवा र प्रतिक्रियावादीले सोचेभन्दा धेरै ठूलो सफलता पाएको बताएका छन् ।
बिहीबार ललितपुर जिल्लाका माओवादी केन्द्रका जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण दिने कार्यक्रममा प्रचण्डले स्थानीय चुनावको नतिजाले माओवादीलाई देशको तेस्रो र निर्णायक शक्ति बनाएको बताए ।
उनले आफूले योभन्दा धेरै अपेक्षा गरेको भए पनि बुर्जुवा र प्रतिक्रियावादीले माओवादीलाई धेरै तल झारे विश्लेषण गरेको उनको भनाइ थियो ।
‘हामीले त यो (१२२ सिट) भन्दा धेरै अपेक्षा गरेका थियौं । देशको दोस्रो ठूलो र पहिलो कम्युनिष्ट पार्टी बन्छौं भन्ने थियो । तर बुर्जुवा र प्रतिक्रियावादीहरूले माओवादीले ३० पालिका मात्र जित्छ भन्ने रिपोर्ट बनाएका थिए,’ उनले भने, ‘उनीहरूले सोचेभन्दा हामीले धेरै ठूलो सफलता पायौं ।’
अर्को प्रशंगमा प्रचण्डले एमसिसी र एसपीपीका विषयमा आफ्नो पार्टीले निर्णायक भूमिका खेलेको दाबी गरेका छन् । १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी पारित गरेर ठूलो दुर्घटना टारिएको उनले बताए ।
साथै, उनले एसपिपीबाट सरकार पछि हट्नुमा पनि माओवादीको हात रहेको दाबी गरे ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया