एसपीपीबारे पूर्वप्रधानसेनापति कटवालको आक्रोशपूर्ण अभिव्यक्ति
काठमाडौं । पूर्व प्रधानसेनापति रूक्माङ्गद कटवालले अमेरिकी स्टेट पार्टननरसीप प्रोग्राम (एसएसपी)मा नेपालले खुट्टा कमाए नेपालको अस्तित्व नै खतरामा पर्ने बताएका छन् ।
सामाजिक संजालमा लेख्दै कटवालले नेपालको अस्तित्व खतरामा पर्न नदिन नेपाली हौ भनेर गौरव गर्नेहरूले एकढिक्का भएर विरोध गर्नुपर्ने पनि बताएका छन् ।
‘एसपीपीमा फेरि खुट्टा कमाए नेपालको अस्तित्व खतरामा पर्दछ। नेपाली हौ भनेर गौरव गर्नेहरू एकढिक्का भएर विरोध गर्न तैयार रहनुपर्दछ। नेपाल आमाको जय ।’ कटवालले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा नेपाल सहभागी हुने भन्दै सरकारको अनुमति लिएर अमेरिकालाई पत्र लेखेका थिए । केपी ओली प्रधानमन्त्री भएका बेला २०१५ मा लेखिएको यो पत्रबारे विवाद उत्पन्न भएको छ ।
सरकारले एसपीपीमा सम्झौता नहुने प्रष्ट पारिसकेको छ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया