महँगीविरूद्ध एमालेले २२ जनसंगठन सडकमा उतार्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले महँगीविरूद्ध जनसंगठनलाई सडकमा उतार्ने भएको छ । एमालेको जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले महँगी, अभावविरूद्ध जुध्न सडक संघर्षमा उत्रिने निर्णय गरेको हो ।
२२ जनसंगठनका प्रमुखसहित पार्टीका नेताहरू सहभागी रहेको बैठकले जनजीविका र राष्ट्रियताको मुद्दा बनाएर सरकारविरुद्ध संघर्षमा होमिन लागेको संयन्त्रका प्रमुख भानुभक्त ढकालले जानकारी दिए ।
‘महँगीले जनताको ढाड भाँचिएको छ । देशभर रासायनिक मलको हाहाकार छ । सरकार कानमा तेल हालेर बसेको छ । राष्ट्रियताको विषयमा सरकार नीरीह देखिएको छ’, ढकालले भने, ‘निदाएको सरकारलाई झक्झकाउन हामी सम्पूर्ण संगठनलाई परिचालन गर्छौं ।’
एमाले सरकारबाट बाहिरीएपछि महँगी, अभाव अचाक्ली बढेको भन्दै उनले एमालेले जनसरोकारको विषयमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया