गाउँपालिका अध्यक्षका छोराले फुटाए आफ्नै बाबु चढ्ने सरकारी गाडी
काठमाडौं । व्यक्तिगत झगडाको असर सरकारी सम्पत्तिमा पुगेको छ । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले बाबुको रिसले सरकारी गाडी तोडफोड गरेका छन् ।
ज्योतिका बाबु जयप्रकाश कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष हुन् । बाबु जयप्रकाशले गाउँपालिकाको जिम्मेवारी बाँडफाँडमा एमालेलाई पनि भाग दिएको भन्दै छोरा ज्योतिले अध्यक्षले प्रयोग गर्नेसरकारी गाडी तोडफोड गरेका हुन् ।
प्रदेश १ को १ झ ५७८ नम्बरको गाडी उनले मंगलबार तोडफोड गरेका थिए । तोडफोडबाट गाडीको सिसा पूरै फुटेको छ ।
यद्यपि, उनलाई बुधबार पालिकामा सर्वपक्षीय छलफल राखेर गाडी मर्मत गर्ने शर्तमा माफी दिइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया