आम निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिन रविको आग्रह
काठमाडौं । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यताका लागि अनलाइन फारम भर्न आग्रह गरेका छन् ।
असार ७ मा नयाँ पार्टी घोषणा गरेका लामिछानेले आम निर्वाचनअघि नै पार्टीले प्रारम्भिक निर्वाचन गर्ने जानकारी दिँदै उनले देश–विदेशमा रहेकालाई सदस्यता फारम भर्न आग्रह गरेका हुन् । बिहीबार लनलाइन फारम आवेदनका लागि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लिंक राखेका छन् ।
‘आम निर्वाचनअघि नै पार्टीले प्रारम्भिक निर्वाचन (प्राइमेरी ) गर्ने भएकाले तपाईँको सदस्यताले फरक पार्छ’, उनले लेखेका छन्, ‘विदेशमा रहनु हुनेहररूलाई पनि पार्टीको निर्वाचनमा मताधिकार छ। अब जान्नेलाई छान्ने ।’
लामिछानेले निर्वाचन तयारीका लागि देश दौडाहको तयारीमा रहेका र काम सुरू भइसकेको उल्लेख गरेका छन् ।
https://www.facebook.com/rabi.nikitalamichhane/posts/pfbid0poGRYUr8peapVp8pYf2zbQafXV8kwHKAb2PJyDEgXS1XS7oTrZEASa4nEpA8sPL2l?__cft__[0]=AZUh7iN6AXLgvFyqmIthkvgwU-P8g4R8cAeEDKuFLH7k1OB5vtc5KFlKgVvcMQnELhsnvpGGocd5aXMH-DUH9j4CpNXvgGrHNuGXzKz5FLb1EeiYNxsOJKmkGPS-uUE331FOOi0TpZqBVMhcdgTo0noapcbki0rDd-oxvRqiNXs6Ag&__tn__=%2CO%2CP-R
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया