रविको पार्टीले पायो प्रवक्ता
काठमाडौं । सञ्चारकर्म छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका रवि लामिछानेले प्रवक्ताको जिम्मेवारी डा. मुकुल ढकाललाई दिएका छन् ।
पार्टी गठन गरे पनि आफ्ना सहयात्रीबारे सार्वजनिक नगरेका लामिछानेले प्रवक्ताको जिम्मेवारी डा. ढकाललाई दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार गर्न लागेको पत्रकार सम्मेलनबारे जानकारी दिन जारी विज्ञप्तिमा डा. ढकालले हस्ताक्षर गरेका छन् ।
मोरङ स्थायी ठेगाना भएका ढकाल कालीकोटको रास्कोट अस्पतालका निर्देशक हुन् । यो अस्पताल रवि लामिछानेकै अगुवाइमा निर्माण भएको थियो ।
यसैबीच, नेपाल स्वतन्त्र पार्टीले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । डा. ढकालद्वारा जारी विज्ञप्तिअनुसार, अपराह्न ४ बजे रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्ने तय भएको छ ।
घोषणा गरेको दिन पार्टी दर्ताका लागि लामिछानेले निर्वाचन आयोगमा निवेदन दिए पनि नामका कारण विवादमा फसेको छ । विभिन्न व्यक्तिहरूले स्वतन्त्र अभियानलाई भ्रमित गर्नेगरी नाम राखिएको दाबी गर्दै दर्ता नगर्न निर्वाचन आयोगमा निवेदन दिएपछि लामिछाने अप्ठ्यारोमा परेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया