ट्यांकीमा भोट हाल्नेले विदेशिएकालाई मतदानको व्यवस्था गर भनेको सुहाएन : रिजाल
काठमाडौं । एमाले नेता विष्णु रिजालले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सस्तो लोकप्रियताका लागि विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउनुपर्ने माग अघि सारेको आरोप लगाएका छन् । आफ्नो पार्टीको मतदान हिलटेक ट्यांकीमा गरेर एक महिनामा मतगणना गर्ने दलले बिनाकानून यस्तो माग सार्न नसुहाउने उनको तर्क छ ।
थापा र शर्मा केही दिनअघि विदेशिएकालाई मतदानको अधिकार दिनुपर्ने मागसहित निर्वाचन आयोग पुगेका थिए । महामन्त्रीद्वयको यही शैलीप्रति रिजालले कटाक्ष गरेका हुन् ।
‘आफ्नो पार्टीको चुनाव गर्दा हिलटेक ट्यांकीमा मतदान गर्नुहुन्छ, मतगणना गर्न एक महिना लगाउनुहुन्छ । अनि त्यसरी निर्वाचित भएका कांग्रेसका महामन्त्री साथीहरु निर्वाचन आयोगमा गएर ‘देशबाहिर रहेका नेपालीहरुलाई पनि मतदानको व्यवस्था गर्नुपर्यो भन्यौँ’ भनेर सार्वजनिक खपतका लागि मिडियावाजी गर्नुहुन्छ । लोकप्रियतावाद (पपुलिज्म) भनेको यही हो,’ रिजालले थापा र शर्माको कटाक्ष गर्दै फेसबुकमा लेखेका छन् ।
रिजालले बिनाकानून मतदानको अधिकार देऊ भनेर आग्रह गर्नुको साटो कानून बनाउन पनि सुझाव दिएका छन् । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्ने माग उठे पनि हालसम्म यससम्बन्धी कानून भने बनेको छैन ।
‘आफ्नो पार्टीको सरकार छ, संसद्मा बहुमत होला नै । कानून बनाएर दियो भने त निर्वाचन आयोगले कार्यान्वयन नगरी सुखै छैन,’ रिजालले लेखेका छन् ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया