अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त कर हटाउनुपर्ने
वासिंटन । अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा दुवै देशलाई फाइदा हुने चीनले बताएको छ ।
चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार भनेको छ, ‘अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा अमेरिका, चीनलगायत समग्र विश्वलाई फाइदा पुग्नेछ ।’
‘बढ्दो मुद्रास्फीतिको वर्तमान स्थितिलाई ध्यानमा राख्दै अमेरिकी पक्षले चिनियाँ मालहरूमा आफ्नो अतिरिक्त कर जति छिटो हटाउँछ, त्यति नै चाँडो उपभोक्ता तथा व्यवसायहरूले लाभ उठाउनेछन्,’ मन्त्रालयका प्रवक्ता शु जुटिङले एक पत्रकार सम्मेलनमा बताए ।
दुवै पक्षको जीतको अवस्था (समाधानको मध्यविन्दु) खोजेर आर्थिक तथा व्यापार सहयोगका लागि वातावरण र परिस्थिति सिर्जना गर्न संयुक्त प्रयास गर्नुपर्ने उनले बताए ।
दुई देश र विश्वका जनतालाई लाभ पुर्याउन विश्वव्यापी औद्योगिक तथा आपूर्ति श्रृंखलाहरूको स्थिरता कायम राख्नुपर्नेमा उनले जोड दिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया