काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख, प्राथामिकतामा ढुंगेधारा पुनस्र्थापना
काठमाडौं । काठमाडौं महानगरले आर्थिक वर्ष २०७९/८० को लागि २५ अर्ब ४१ करोड ९५ लाखको बजेट ल्याएको छ ।
उपमेयर सुनिता डंगोलले महानगर नगरसभााको एघारौं बैठकमा उक्त बजेट पेस गरेकी हुन् ।
आगामी आ.वमा महानगरले काठमाडौंका परम्परागत हिटीहरू पुनस्र्थापना गर्ने कामलाई मुख्य प्राथामिकतामा राखेको छ । त्यस्तै, काठमाडौंका परम्परागत मठ–मन्दिर, एतिहासिक र पुरातात्विक महत्वका सम्पदा स्थललाई पनि संरक्षण गर्ने जनाएको छ ।
नीति तथा कार्यक्रममार्फत महानगरले यसअघि नै महानगरका सवारीको मर्मतसंहारको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने, यात्रुस्थलमा फाल्चाको निर्माण गरिने, बागदरवारको भवनलाई रेट्रिफाइ गरिने, नीजि विद्यालयको शुल्क निर्धारण गर्नेजस्ता लोकप्रिय नीति घोषणा गरिसकेको छ ।
योसँगै महानगरभित्रका करदाताको स्वास्थ्य बीमाका लागि ५० प्रतिशत रकम अनुदान दिने, महानगभित्र विद्युतीय सवारी सञ्चालन गर्ने, खाली जग्गामा पोखरी निर्माण गरी पानीको पुनर्भरण गर्नेलगायतका नीति तथा कार्यक्रम अघि सारिएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया