दाइले सजग गराउनुभयो : रवि लामिछाने
काठमाडौं । सञ्चारकर्म छोडेर राजनीतिमा होमिएका रवि लामिछानेले यतिबेला रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरिहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि उठेका प्रश्नहरूको उनी जवाफ दिइरहेका छन् ।
पत्रकारहरूले लामिछानेलाई आफ्नै दाजु हरिशरण लामिछानेसँगको सम्बन्धबारे प्रश्न सोधेका थिए । त्यसको जवाफ दिँदै उनले दाजुले आफूलाई सजग गराएको विषयलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।
‘दाइसँग छलफल नभएको होइन छलफल गरेका छौं । आाशीर्वाद नलिने भन्ने हुँदैछ । जसले मलाई हात समातेर डाहोर्यायो । उहाँलाई सम्मान नगर्ने भन्ने हुँदैन । भाइले गलत गर्ला भनेर दाइले सजग गराउनुभयो,’ उनले भने ।
लामिछानेले लोकतन्त्रमा बहस हुनु सामान्य रहेको बताए ।
‘लोकतान्त्रिक व्यवस्थामा वैचारिक बहस हुनु सामान्य हो । लोकतन्त्रमा कतिपय कुरा घरमै गछौं कतिपय बाहिर गछौं,’ उनले भने ।
लामिछानेले दाजु कुशल सञ्चारकर्मी भएको बताउँदै उनले दिएका सुझाबलाई ग्रहण गरे पनि पार्टीमा परिवारवाद भने हाबी हुन नदिने स्पष्ट पारे ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया