सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो । शुक्रबार सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तेजावी प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया