मन्त्री पद छोड्दैगर्दा भक्कानिइन् झाक्री
काठमाडौं । पदबाट राजीनामा दिने जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहरी विकासमन्त्री रामकुमारी झाक्री निकै भावुक देखिइन् ।
बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाइसकेपछि आयोजना गरिएको बिदाइ कार्यक्रममा उनले पटक–पटक आँशु पुछिन् ।
मन्त्रालयले गरेका उपलब्धीबारे जानकारी दिन गरिएको कार्यक्रम भए पनि उनले खासै महत्वपूर्ण कुरा बोलिनन् ।
आफू बोल्न सक्ने हालतमा नभएको भन्दै उनले कार्यक्रममा सम्बोधन नै गरिनन् ।
मन्त्री झाक्री कागजमा घोत्लिँदै लामो समयसम्म भावुक बनेकी थिइन् । आँशु आएपछि उनले नेपकिनले आँखासमेत पुछिन् ।
मन्त्रालयका कर्मचारीले झाँक्रीलाई बुद्धको मुर्ति उपहार दिँदै खादा लगाएर बिदाइ गरेका थिए ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया