प्रधानमन्त्रीद्वारा एकीकृत समाजवादीका मन्त्री हेरफेर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुुर देउवाले नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू हेरफेर गरेका छन् ।
प्रधानमन्त्रीको देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत समाजवादीका नयाँ मन्त्रीहरू समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यननमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नयाँ मन्त्रीमा नियुक्त भएका छन् ।
नेकपा एसले सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलायो, एक बाँकी
संसदमा आगामी आर्थिक वर्ष ०७९-८० को बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीहरूले जवाफ नदिई हेरफेर गर्नु उचित नहुने भन्दै यसअघि मन्त्री हेरफेर रोकिएको थियो । साथै, कतिपय मन्त्रीले पनि पद छाड्न अटेर गरेका थिए ।
एकीकृत समाजवादीको अपरिपक्व निर्णयले तत्काल मन्त्रिपरिषद् पुनर्गठन रोकियो
तर लामो समय भइसक्दा पनि प्रधानमन्त्रीले मन्त्री हेरफेर नगरेको भन्दै शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्णयअनुसार मन्त्री हेरफेर नगरे अपमानको रुपमा बुझ्ने चेतावनी दिएको थियो ।
हेरौं मन्त्रिपरिषद्को सूची :


ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया