नयाँ मन्त्रीको शपथ बिहान ११ बजे

काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ आज हुने भएको छ । आइतबार एकीकृत समाजवादीबाट नियुक्त चार मन्त्री र एक राज्य मन्त्रीको सोमबार बिहान शपथ हुने भएको हो ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार, शपथका लागि बिहान ११ बजेको समय तय भएको छ ।
प्रधानमन्त्री शेरबहादर देउवाले आइतबार सहरी विकासमा मेटमणि चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, श्रम तथा सामाजिक सुरक्षामा शेरबहादुर कुँवर र स्वास्थ्यमा भवानी खापुङ नियुक्त गरेका थिए । हीराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
नेकपा एकीकृत समाजले केही साताअघि नै पार्टीका तर्फबाट सहभागी मन्त्री हेरफेर गरिदिन आग्रह गरेका थिए । तर त्यसअनुरूप पुनर्गठन नहुँदा एकीकृत समाजवादी प्रधानमन्त्रीसँग रुष्ट बनेको थियो ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया