लोक सेवा कानूनमा के–के भयो काटकुट ?
काठमाडौं । प्रतिनिधिसभाले लोक सेवा आयोगसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आइतबार पारित गरेको छ ।
राष्ट्रियसभाबाट सुझावसहित प्राप्त प्रतिवेदन प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको हो । पारित विधेयकमा लोक सेवा आयोगले हाल प्रयोग गरिरहेको आर्थिक र प्रशासनिक अधिकारमा आंशिक परिवर्तन गरिएको छ ।
हाल आयोगमा कर्मचारी सरुवा गर्दा आयोगबाटै सहमति लिनुपर्ने व्यवस्था छ । तर पारित भएको विधेयकमा आयोगको दरबन्दी अनुसार सरकारले कर्मचारी उपलब्ध गराउने उल्लेख छ । सरकारले कर्मचारी पठाउन अब आयोगको अनुमति लिनुपर्दैन । तर आयोगमा कार्यरत कुनै विशिष्टीकृत कामको विशेषज्ञता हासिल गरेका वा विशेष गोपनीयता कायम गर्नुपर्ने वा कुनै विशेष जिम्मेवारीमा रहेका कर्मचारीलाई अन्य कार्यालयमा सरुवा गर्दा आयोगसँग परामर्श गर्नुपर्ने भएको छ ।
राज्य व्यवस्था समितिमा विधेयकमाथि छलफल गर्ने क्रममा कांग्रेस र आयोगका अधिकारीले प्रशासनिक र आर्थिक स्वायत्तता खोस्न तथा लोक सेवा आयोगलाई काठमाडौंमा सीमित गर्न लागिएको भन्दै विरोध गरेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया