लोक सेवा कानूनमा के–के भयो काटकुट ?

काठमाडौं । प्रतिनिधिसभाले लोक सेवा आयोगसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आइतबार पारित गरेको छ ।
राष्ट्रियसभाबाट सुझावसहित प्राप्त प्रतिवेदन प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको हो । पारित विधेयकमा लोक सेवा आयोगले हाल प्रयोग गरिरहेको आर्थिक र प्रशासनिक अधिकारमा आंशिक परिवर्तन गरिएको छ ।
हाल आयोगमा कर्मचारी सरुवा गर्दा आयोगबाटै सहमति लिनुपर्ने व्यवस्था छ । तर पारित भएको विधेयकमा आयोगको दरबन्दी अनुसार सरकारले कर्मचारी उपलब्ध गराउने उल्लेख छ । सरकारले कर्मचारी पठाउन अब आयोगको अनुमति लिनुपर्दैन । तर आयोगमा कार्यरत कुनै विशिष्टीकृत कामको विशेषज्ञता हासिल गरेका वा विशेष गोपनीयता कायम गर्नुपर्ने वा कुनै विशेष जिम्मेवारीमा रहेका कर्मचारीलाई अन्य कार्यालयमा सरुवा गर्दा आयोगसँग परामर्श गर्नुपर्ने भएको छ ।
राज्य व्यवस्था समितिमा विधेयकमाथि छलफल गर्ने क्रममा कांग्रेस र आयोगका अधिकारीले प्रशासनिक र आर्थिक स्वायत्तता खोस्न तथा लोक सेवा आयोगलाई काठमाडौंमा सीमित गर्न लागिएको भन्दै विरोध गरेका थिए ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया