रसुवागढी हाइड्रोपावरको आइपिओ बिक्री खुला

काठमाडौं । रसुवागढी हाइड्रोपावरको आज असार १३ गतेबाट आइपिओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपिओ बिक्री खुला गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको हो ।
यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं १ थुमन र वडा नं २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं ४ गोल्जुङ र वडा नं ५ चिलिमेका बासिन्दाले आवेदन दिन सक्नेछन् ।
यस्तै, गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं ३ बृद्धम, वडा नं ४ लाङटाङ, वडा नं ५ स्याफ्रुबेशी र वडा नं ६ धुन्चेका स्थानीयले पनि आवेदन दिन सक्नेछन । यस्तै, सामान्य प्रभावित बाँकी जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
साे आइपिओमा छिटोमा असार २७ गतेसम्म र ढीलोमा भदौ १० गतेसम्म आइपीओ खुला रहने कम्पनीले जनाएकाे ५ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
प्रतिक्रिया