रसुवागढी हाइड्रोपावरको आइपिओ बिक्री खुला
काठमाडौं । रसुवागढी हाइड्रोपावरको आज असार १३ गतेबाट आइपिओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपिओ बिक्री खुला गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको हो ।
यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं १ थुमन र वडा नं २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं ४ गोल्जुङ र वडा नं ५ चिलिमेका बासिन्दाले आवेदन दिन सक्नेछन् ।
यस्तै, गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं ३ बृद्धम, वडा नं ४ लाङटाङ, वडा नं ५ स्याफ्रुबेशी र वडा नं ६ धुन्चेका स्थानीयले पनि आवेदन दिन सक्नेछन । यस्तै, सामान्य प्रभावित बाँकी जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
साे आइपिओमा छिटोमा असार २७ गतेसम्म र ढीलोमा भदौ १० गतेसम्म आइपीओ खुला रहने कम्पनीले जनाएकाे ५ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया