बुल फाइट चलिरहँदा स्ट्याण्ड भत्कियो, ४ को मृत्यु, दर्जनौं घाइते
काठमाडौं । कोलम्बियामा बुल फाइट भइरहेका बेला प्रदर्शनरीस्थलको स्ट्याण्ड भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । कैयन् घाइते छन् ।
कोलम्बियाको एल एस्पिनल सहरमा सान पेडरो पर्वका अवसरमा आयोजित बुलफाइटका क्रममा घटना भएको हो । परम्परागत ‘कोरलेजा’कार्यक्रममा जनताहरू साँढे लिएर रिङमा प्रवेश गर्ने प्रचलन छ ।
यो पर्वको अवसरमा विगतमा पनि यसरी बुलफाइट गराइन्थ्यो । तर यस्तो घटना भएको यो पहिलो पटक हो ।
तोलिमाका गभर्नर जोस रिकार्डो ओरोज्कोले कम्तीमा ३० जना मानिस गम्भीर घाइते भएको बताएका छन् । त्यसैले मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ ।
घटनापछि कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले यस्ता कार्यक्रममा प्रतिबन्ध लगाउन स्थानीय अधिकारीलाई निर्देशन दिएका छन् ।
‘मानिस र जनावरको ज्यान जाने यस्ता कार्यक्रम नगर्न मैले त्यहाँका मेयरलाई निर्देशन दिएको छु,’ राष्ट्रपतिले भनेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया