आदर्श लघुवित्तको आइपिओ बाँडफाँट, एक हजार ८५८ आवेदकको आवेदन रद्ध
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आइपिओ बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आईपिओमा १६ लाख ७४ हजार ६५२ जनाले एक करोड ८४ लाख २४ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए ।
आवेदन दिएकामध्ये एक हजार ८५८ जना आवेदकको आवेदन रद्ध भएको र बाँकी १६ लाख ७२ हजार ७९४ योग्य आवेदकमध्ये ६ हजार २६१ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । त्यसमा बाँकी पाँच कित्ता शेयर १० कित्ताभन्दा धेरै माग गरि आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप पाँच जनालाई एक/ एक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।
कम्पनिले निष्काशन गरेको साधारण शेयरमा कूल जारी पूँजी (दुई लाख सात हजार कित्ता) को ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता शेयर कर्मचारीलाई र निष्कासित ९६७ हजार कित्ता शेयरको पाँच प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरि बाँकी ६२ हजार ६१५ कित्ता शेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको थियो ।
बाँटफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइटमार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया