‘तापक्रम वृद्धिले मानिसको शरीरकाे आकार घट्छ’
काठमाडौं । एडिनबरा विश्वविद्यालयको एक अनुसन्धानले पृथ्वीको तापक्रम वृद्धि हुँदै जाँदा मानिसको आकारमा प्रभाव पार्ने पत्ता लगाएको छ ।
पृथ्वीको तापक्रम बढ्दै जाँदा मानिसको शारीरिक आकार पनि घट्दै जाने अनुसन्धानले देखाएका छ । मानिसको औसत उचाइ ३.५ फिटसम्म घट्ने सक्ने अनुसन्धानले देखाएको छ ।
अनुसन्धानका अनुसार यसले गर्दा मानिसको उचाइ करिब ३.५ फिट मात्रै हुने सम्भावना देखाएको छ । विश्वविद्यालयका जिवाणु विज्ञान विशेषज्ञ स्टीव ब्रुसेटका अनुसार ‘जलवायु परिवर्तनको स्थितिमा जिवित रहनाका लागि मानिसको आकार घट्छ ।
उनले होमो फ्लोरेसेन्सिको उदाहरण दिँदै एक लाख वर्ष अगाडी मानिसको उचाई साढे तीन फिट भएको बताए । उनले मानिसको प्रजाति अन्य जनावरका लागि हानिकारक भएको तथा तापक्रमले मतिष्कको आकारमा कुनै प्रभाव भने नपर्ने बताए ।
सन् २०२१ मा भएको यो अनुसन्धानले तापक्रम र शरीरको आकारको बीच सम्बन्ध हुने खुलाएको हो । तापक्रम बढ्नाले मानिससँगै अन्य स्तनधारी जनावारसम्ेत साना हुँदै जानेछन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया