स्पेन र मोरक्कोको सीमा क्षेत्रमा हालै भएको हिंसाको अनुसन्धान गर्न माग
नैरोबी । अफ्रिकी युुनियनले स्पेन-मोरक्को सीमामा मारिएकाहरुको छानबीनका लागि आयोग बनाउन माग गरेको छ । अफ्रिकी युनियन कमिसनका प्रमुखले सो माग गरेकाे समाचारमा जनाइएको छ ।
मोरक्कोबाट स्पेनका लागि सीमा क्षेत्र पार गर्ने क्रममा त्यहाँ उपस्थित भएका अफ्रिकी नागरिकहरुमाथि हिंसात्मक हमला भएको र मारिएका सो युनियनले जनाएको छ ।
अफ्रिकी युनियन कमिसनका प्रमुख मोउसा फाकी माहमतले सो माग गरेका हुन् । उनले हालैमात्र मोरक्कोको सीमा क्षेत्रबाट स्पेनतर्फ जाने क्रममा २३ जना अफ्रिकी नागरिकको ज्यान गएको भन्दै यसको छानबीन गर्नका लागि समिति गठन गर्न माग गरेका हुन् ।
सो सीमा क्षेत्रमा हालै भएको आक्रमणमा परेर २३ जनाको ज्यान गएको र ती व्यक्ति अफ्रिकी नागरिक रहेका जानकारी आएको थियो ।
मोरक्कोको नादोर भन्ने सीमा क्षेत्रमा हालै भएको सो हिंसामा परेर अरु दर्जनौं आप्रबासी पनि घाइते भएका थिए । त्यस क्रममा करिब १४० जना प्रहरी पनि घाइते भएका थिए ।
अफ्रिकी नागरिक भएकै कारणले सो सीमा क्षेत्र पार गर्न नदिइएको र उनीहरुलाई बल प्रयोग गरेर लखेट्ने क्रममा भएको हिंसामा परेर २३ जनाको ज्यान नै गएको बताइएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया