एमालेको बहिस्कारबीच राष्ट्रियसभाले पनि पारित गर्यो विनियोजन विधेयक

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ ।
प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको आजको बैठकको बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाले यही असार २ गते सो विधेयक पारित गरेको हो ।
विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा (एमाले)का सांसदले राष्ट्रियसभाको बैठक पनि बहिस्कार गरेका थिए ।
प्रतिक्रिया