घुसकाण्डमा मुछिएका न्यायाधीश कोइराला निलम्बित
काठमाडौं । ठगीको आरोप लागेर थुनामा परेका व्यवसायी इच्छाराज तामाङलाई छुटाउन घुस लेनदेन वार्तामा संलग्न भएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् ।
न्यायाधीश कोइराला र तामाङका अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको भनिएको टेलिफोन संवादको घटनामा सत्यतथ्य छानबिनका लागि न्याय परिषद्ले केही दिनअघि समिति गठन गरेको थियो ।
छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् ।
परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा समिति गठन भएको थियो । जसलाई जाँचबुझ शुरु गरेको ४५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
घुसकाण्डमा संलग्न अधिवक्ता पोखरेलका बारेमा बार काउन्सिल र बार एशोसिएसन दुवैले कुनै कारबाही अगाडि बढाएका छैनन् ।
अधिवक्ता पोखरेल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् । उनी एमालेको कानुन विभागसम्बद्ध अधिवक्ता हुन् ।

इच्छाराजलाई छुटाउन वकिलमार्फत न्यायाधीश राजकुमारलाई दुई करोड घुस !
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया