कार्यविधि नबन्दै झलनाथ, बाबुराम र खिलराजले लिए गाडी सुविधा
काठमाडौं । कार्यविधि नबन्दै पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गृह मन्त्रालयबाट गाडी सुविधा लगिसकेका छन् । मन्त्रिपरिषद्बाटै निर्णय गराएर यस्तो सुविधा दिइएको हो । खनालले गत वर्ष केपी ओली सरकारकै पालामा गाडी लिएका हुन् । त्यस्तै, रेग्मीले ०७८ भदौ र भट्टराईले ०७८ मंसिरमा गाडी लिएको गृह मन्त्रालयको विवरणमा उल्लेख छ । रेग्मीले त सर्वोच्च अदालतबाट पनि गाडी सुविधा लिइरहेका छन् ।
तीनैजनालाई सरकारले करिब ६० लाख रुपैयाँ पर्ने स्कार्पियो गाडी खरिद गरेर दिएको हो । उनीहरूले चालक पनि सरकारी नै लिएका छन् । रेग्मीलाई त अधिकृतस्तरको एक सहयोगीसमेत दिने निर्णय गरिएको छ । ‘मन्त्रालयबाट तीनजनाले गाडी लिनुभएको छ,’ गृहका एक अधिकारीले भने, ‘अरू पूर्वप्रधानमन्त्रीहरूले पनि अन्य निकायबाट सरकारी गाडी लिएका छन् भन्ने सुनिन्छ ।
ठ्याक्कै के हो भन्न सकिन्न ।’ पूर्वप्रधानमन्त्री मात्र नभई पूर्वसभामुख, पूर्वगृहमन्त्रीहरूले समेत गोप्य रूपमा विभिन्न मन्त्रालयका गाडी प्रयोग गर्दै आएको स्रोतको भनाइ छ । सुवास नेम्वाङलगायत केही पूर्वसभामुखले पनि मन्त्रिपरिषद्बाट निर्णय गराएर गाडी, इन्धन, चालकलगायत सुविधा लिँदै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया