राजधानीका यी १० ठाउँमा फैलिएको छ हैजा
काठमाडौं । राजधानीका १० ठाउँमा हैजाको संक्रमण पुष्टि भएको छ । दुई साताअघि पहिलोपटक बागबजारमा देखिएको हैजा त्यसयता अन्य स्थानमा फैलिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, हाल डिल्लीबजार, सानेपा, कपन, बालाजु, थानकोट, बल्खु, खसीबजार, नैकाप र कोटेश्वर क्षेत्रका बासिन्दामा हैजाको संक्रमण पुष्टि भएको छ ।
महाशाखाका अनुसार १२ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये पाटन र वयोधा अस्पतालमा एक–एक जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दुई जना उपचाररत छन् ।
चिकित्सकहरूले पानी र खानेकुरामा सावधानी नपनआए स्थिति भयावह हुनसक्ने चेतावनी दिएका छन् ।
मनसुनका कारण पानीको मुहान प्रदूषित हुने भएकाले थप सावधानी अपनान चिकित्सकहरूले सुझाएका छन् । विज्ञहरूका अनुसार सार्वजनिक स्थानमा थुपारिएको फोहोरले पनि हैजा फैलाउन भूमिका खेलिरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया