टेक्सासको एउटा गाडीभित्र ४२ जना मृत फेला
काठमाडौं । अमेरिकाको टेक्सासमा एउटा लरीभित्र कम्तीमा ४२ जना मृत फेला परेका छन् । टेक्सासको बाहिरी भाग सान एन्टोनियोमा अलपत्र अवस्थामा भेटिएको लरीभित्र ती मानिस मृत फेला परेका हुन् ।
बिबिसीका अनुसार, दर्जनभन्दा बढी व्यक्तिलाई फरक फरक अवस्थामा अस्पताल पुर्याइएको छ ।
सामाजिक सञ्जालमा पोस्ट् तस्बिरमा पर्याप्त उद्धारकर्ताहबाट ठूलो ट्रक घेरिएको देखिएको छ ।
केएसएटी टिभीका अनुसार उक्त गाडी एन्टोनियोको दक्षिण पश्चिम रेल ट्रयाकको छेउमा भेटिएको हो । गाडीमा मृत भेटिएका व्यक्ति आप्रवासी हुनसक्ने अनुमान छ । तर खुलेको छैन ।
न्युयोर्क टाइम्सका अनुसार, सान एन्टोनियोको प्रहरीले ट्रकका चालक खोजिरहेको छ । गाडी भेटिएको स्थान मेक्सिकन सीमाबाट २५० किलोमिटरको दूरीमा पर्छ ।
मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डले देशका वाणिज्यदूत खोजका लागि गए पनि मृतक आफ्नो देशका नागरिक हुन् या होइनन् भन्ने नखुलेको बताएका छन् ।
टेक्सासका रिपब्लिकन गभर्नर ग्रेग एबोटले अमेरिकी राष्ट्रपति जो बाइडनको घातक खुला सीमा नीतिको परिणाम भएको बताएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया